Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ६ वटा प्रदेश सरकारले आज बजेट ल्याउँदै

    ६ वटा प्रदेश सरकारले आज बजेट ल्याउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 870
    SHARES

    काठमाडौं । कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै छन् ।

    मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले शुक्रबार बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।



    मधेश प्रदेशलेआगामी आर्थिक वर्षका लागि ४० अर्बहाराहारीको बजेट ल्याउने तयारी गरेको छ  । बागमतीले पनि चालू आवको भन्दा सानो आकारको बजेट ल्याउने भएको छ । यस्तै गण्डकी प्रदेश सरकारले ०८०/८१ का लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउँदै छ ।



    लुम्बिनीमा आगामी आर्थिक वर्षका लागि करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । सबैभन्दा सानो आकारको बजेट ल्याउने कर्णाली प्रदेशले यो वर्ष पनि ३० अर्ब ननाघ्ने गरी बजेटको तयारी गरिरहेको छ ।

    यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले चालु आवको भन्दा करिब १५ प्रतिशत सानो आकारको बजेट ल्याउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार