Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस प्रवक्ता महतले भने – राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचनमा जानुपर्छ

    कांग्रेस प्रवक्ता महतले भने – राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचनमा जानुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 399
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचनमा जानुपर्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताए।



    प्रवक्ता महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए।



    उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृद्धिलाई निष्तेज बनाउनुपर्ने बताए। अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुंगिने प्रवक्ता महतले बताए।

    उनले चाडै विकास र स्थिरताप्रति सर्मथित सरकार आउने दाबी गर्दै समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने बताए।

    उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार