Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने कांग्रेस प्रवक्ता महतको दाबी

    प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने कांग्रेस प्रवक्ता महतको दाबी

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 408
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।

    नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।



    प्रवक्ता महतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरे।



    प्रवक्ता महतले भने,‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

    उनले अस्थिरता र अविश्वासको जगमा अहिलेको यो सरकारको आयु चाँडै टुंगिने जिकिर गरे। अहिले लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको प्रवक्ता महतको भनाइ छ ।

    सत्तामा देखिएको अस्थितरता, छिटोछिटो सरकार परिवर्तन हुने प्रवृत्तिलाई देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गर्ने कोसिस भइरहेको प्रवक्ता महतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार