Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जथाभाबी खर्च रोक्दा प्रधानमन्त्री नै ममाथि खनिए : प्रकाशशरण महत

    जथाभाबी खर्च रोक्दा प्रधानमन्त्री नै ममाथि खनिए : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 384
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसका मन्त्रीहरूले सहयोग नै गरेको बताएका छन्।

    मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । अर्थमन्त्रीका रूपमा आफूले पनि प्रधानमन्त्री प्रचण्डलाई सहयोग गरेको महतले बताए।



    फागुन २१ गते कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरी मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। त्यसपछि कांग्रेसका मन्त्रीहरू स्वत: हटेका थिए। कांग्रेस महासमितिमा उठेका विषय बहानाबाजीमात्र रहेको महतले प्रस्ट पारे।



    उनले प्रधानमन्त्री प्रचण्डको निर्णय बेइमानीपूर्ण र विश्वासघात रहेको दोहोर्‍याएका थिए। उनले नेपालको अर्थतन्त्र पनि प्रधानमन्त्रीले भनेजस्तो औसत उपलब्धिमात्र नभएको बताए।

    उनले आफू अर्थमन्त्री भएपछि अर्थतन्त्र लयमा फर्किएको बताए। उनले आफ्नो कार्यकालमा मूल्यवृद्धि, बैंकको व्याजदर घट्नुका साथै राजस्व संकलनमा पनि वृद्धि भएको बताए।

    उनले आफू आएपछि सेयर बजार, पर्यटन र अर्थतन्त्रका अन्य सूचकहरू पनि राम्रो बन्दै गएको बताए। पूर्व अर्थमन्त्री महतले आफूले जथाभाबी खर्च रोक्दा प्रधानमन्त्री दाहालले खनिएको आश्यसमेत व्यक्त गरे। उनले नियम, कानुन र विधिसम्म नभएका निकासाहरू आफूले रोकेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार