Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक स्थगित

    मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 306
    SHARES

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि दोस्रोपटक बोलाएको बैठक पनि स्थगित भएको छ ।

    प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।



    नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै शनिबार लिने तयारी थियो ।



    तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक अनिश्चितकाललाई सारिएको हो ।

    हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए। तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन ।

    अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५ः३० बजे सम्मको लागि स्थगित गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार