Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कोरिया बसेर फर्केकाहरू पुनः जान पाउनुपर्ने माग

    कोरिया बसेर फर्केकाहरू पुनः जान पाउनुपर्ने माग

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 372
    SHARES

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी), इपिएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ ।

    इपिएसमार्फत कोरिया बसेर फर्केका रिटर्नीले आफूहरू पुनः जान पाउनुपर्ने भन्दै आन्दोलन गरेपछि श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा मन्त्रालयले तीनै पक्षबिच छलफल गराएको हो ।



    रिटर्नीहरूले वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा र एचआरडी कोरियाका कर्मचारीको विभेदका कारण आफूहरू पुनः कोरियामा जानबाट वञ्चित भएको गुुनासो गर्दै आएका थिए ।



    साथै रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदाताकोमा नपुर्‍याएको, महिला श्रमिकलाई छनोट नगरेको र नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो गर्दै आएका थिए । छलफलमा सहभागी रिटर्नीका प्रतिनिधिले सोही विषयलाई दोहोर्‍याए ।

    छलफलमा एचआरडी कोरियाका शाखाका निर्देशक साङह्युन क्वाकले कोरियामा एक पटक काम गरेर फर्केका रिटर्नीलाई पुनः कोरिया पठाउनबाट रोक्न आफ्नो कुनै हात नरहेको बताए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार