Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

    दक्षिण कोरियामा संसदीय निर्वाचनका लागि मतदान जारी

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 267
    SHARES

    सियोल । दक्षिण कोरियाको संसदीय चुनावमा मतदान भइरहेको छ । चुनावले दक्षिण कोरियाली विधायिकाले राष्ट्रपति युन सुक योल नयाँ कार्यकालका लागि सक्षम रहने वा नरहने फैसला दिने योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

    स्थानीय समयअनुसार बिहान ६ बजेदेखि मतदान शुरू भएको हो । देशभरी १४ हजार २५९ मतदान केन्द्रहरूमा साँझ ६ बजेसम्म चल्नेछ । तीन करोडभन्दा बढी व्यक्ति मतदान गर्न योग्य छन् ।



    राष्ट्रियसभाको ३०० सदस्यका लागि हुने निर्वाचनमा २५४ सदस्यहरू प्रत्यक्ष निर्वाचित हुनेछन भने अन्य ४६ सदस्य समानुपातिक निर्वाचनबाट चयन हुनेछन् ।



    प्रारम्भिक मतदानको आधारमा ७० प्रतिशतभन्दा बढी मतदान हुने आँकलन गरिएको छ ।

    यसअघि सन् २०२० मा सम्पन्न आम निर्वाचनमा ६६।२ प्रतिशत मतदान भएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार