Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • रोशी गाउँपालिकामा आगलागी, १५ घर जलेर नष्ट

    रोशी गाउँपालिकामा आगलागी, १५ घर जलेर नष्ट

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 663
    SHARES

    फाइल तस्विर

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् ।

    आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो।



    नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो।

    वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार