Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सहकारीको करोडौं रकम अपचलनको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पूर्जी

    सहकारीको करोडौं रकम अपचलनको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पूर्जी

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 954
    SHARES

    नवलपुर । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुर र गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका वित्तिय विश्लेषक तथा छानबीनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानविन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेपछि पक्राउ पूर्जी जारी भएको हो ।



    नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय नवरपुरले सांसद बस्नेतलाई पक्राउ गर्न आइतबार नै अनुमति मागेको थियो ।



    अदालतको आदेशअनुसार जिप्रका नवलपुरले मिसिल पठाएपछि बस्नेतविरुद्ध प्रक्राउ पूर्जी जारी भएको बताइएको छ ।

    बस्नेतले चितवनको सनराइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट एक करोडभन्दा बढी आफ्ना ज्वाई नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गरेको बताइएको छ ।

    पक्राउ अनुमतिबारे सूचना पाएपछि सांसद बस्नेत फरार भएको प्रहरीले जनाएको छ । उनी राप्रपाबाट प्रतिनिधि सभामा समानुपातिक सांसद छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार