Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 255
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् ।

    मुख्यमन्त्री अधिकारीले आइतबार गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका हुन् ।



    संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागे ।



    ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकार अल्पमतमा परेपछि विश्वासको मत पाउने स्थिति नदेखेपछि गत चैत २१ गते तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको ३ बजेसम्मका लागि समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

    तर २५ चैतमै सभामुखसहितको संख्या गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीले दाबी पेश गरेपछि प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्ति दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार