Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 297
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश शर्माको इजलासमा उक्त मुद्दा दुई नम्बरमा राखेर पेशी तोकिएको हो ।



    कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।



    दायर रिटमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार