Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाका लागि स्थगित

    गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 288
    SHARES

    पोखरा । गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

    सभामुख कृष्णप्रसाद धितालले ३० मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।



    आइतबार अपराह्न बसेको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।



    प्रस्ताव पेस गर्दै अधिकारीले सरकारले सिद्वान्त र प्राथमिकता, नीति कार्यक्रम र बजेट ल्याउने समय भएकाले सबैलाई विश्वासको मतका लागि अनुरोध गरेका छन् ।

    कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसलाई नजरअन्दाज गरेर अगाडि बढे साढे ३ वर्ष संसद् चल्न नदिन चेतावनी दिएका थिए । सभामुखलाई दलीय नभई तटस्थ बस्न उनको अनुरोध थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार