Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

    बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 369
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

    मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।



    बालेनको कविता संग्रह ‘अश्र’ बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरू छन् ।



    संग्रहमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि कोरिएका छन् । कविता संग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । कविता संग्रह अश्र शनिबारदेखि बजारमा उपलब्ध हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार