Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी होइन्, एमालेका कार्यकर्ता हुन् : बालेन शाह

    नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी होइन्, एमालेका कार्यकर्ता हुन् : बालेन शाह

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेको दाबी गरेका छन् ।

    सामाजिक सञ्जाल इन्सटाग्राममार्फत उनले यस्तो दाबी गरेका हुन् । उनले नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको दाबी गरे ।



    नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको जिकिर गरे ।



    उनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको पनि दाबी गरे । ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार