Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • इलाम-२ मा झण्डै २१ सय मत गन्दा खड्काको अग्रता कायमै

    इलाम-२ मा झण्डै २१ सय मत गन्दा खड्काको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 1.1K
    SHARES

    इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।

    फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना जारी रहदा कांग्रेस उमेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन् । यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन् ।



    दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् ।



    तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।

    इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार