Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नाइजेरियामा दादुरा संक्रमणबाट १९ बालबालिकाको मृत्यु

    नाइजेरियामा दादुरा संक्रमणबाट १९ बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 531
    SHARES

    अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा संक्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

    उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले संकेत गरेको छ ।



    आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल्र परिचालन गरिएकोे जानकारी दिए । उनले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए ।



    उनले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा उक्त दुःखद् क्षण आएको भन्दै बालबालिकालाई दादुराविरूद्धको खोप नियमित लगाउन प्रत्साहन गरे ।

    दादुरा पाँच वर्षमुनिका बालबालिकामा हुने भाइरल संक्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ । खोक्दा वा हाछ्युँ गर्दा निस्कने श्वासप्रश्वासका थोपाहरूबाट यो हावामा फैलिन्छ । रासस/सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार