Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुईवटा मोटरसाइकल स्कुल बससँग ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

    दुईवटा मोटरसाइकल स्कुल बससँग ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 750
    SHARES

    फाइल तस्विर

    नुवाकोट । नुवाकोटको गल्छिमा दुइटा मोटरसाइकल स्कुल बससँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय नुवाकोटका अनुसार मृत्यु हुनेमा काठमाडौं बस्ने २७ वर्षीय रूबिन रावल र २६ वर्षीय स्वीकार राणा छन् ।

    मंगलबार साँझ पाँच बजे बेलकोटगढी नगरपालिका-८ स्थित गल्छी त्रिशूली सडक खण्डमा दुर्घटना भएको हो हो । देवीघाटबाट सिर्खाली जाँदै गरेको अर्किड एकेडेमी बोर्डिङ स्कुलको बा ३ क ३७२२ नम्बरको बससँग बा ०२-०४४ प ३६९२ र बा ०२-०४६ प १५२९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।



    यस्तै दुर्घटनामा परी घाइते भएका २७ वर्षीय रितिक तिवारी र २५ वर्षीय उपकार थापालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । रूबिन र स्वीकारको त्रिशूली अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।



    मोटरसाइकल र स्कुल बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार