Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

    रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

    मंगलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका २५÷२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।



    यस्तै गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार