Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपाल भ्रमणमा आउँदै जापानकी परराष्ट्रमन्त्री योको

    नेपाल भ्रमणमा आउँदै जापानकी परराष्ट्रमन्त्री योको

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 228
    SHARES

    काठमाडौं। जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले नेपाल भ्रमणा गर्ने भएकी छन् ।

    जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो ।



    जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख नेपाल भ्रमणा गर्ने जानकारी दिएको छ ।



    अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ ।

    श्रीलंकामा एक दिन बिताएपश्चात ५ तारिख नेपालको राजधानी काठमाडौंमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।

    काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार