Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौंमा सुरू भयो तेस्रो लगानी सम्मेलन

    काठमाडौंमा सुरू भयो तेस्रो लगानी सम्मेलन

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 246
    SHARES

    काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।

    दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको अर्थमन्त्री पुनले बताए।



    उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् ।



    सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् । त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, युएईका १३ र जर्मनीका १० जना सहभागी छन् ।

    दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहेको छ ।

    त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन तीनजना सम्मलेनका लागि नेपाल आएका छन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार