Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वेस्टइन्डिजसँग टस हारेर फिल्डिङ गर्दै नेपाल

    वेस्टइन्डिजसँग टस हारेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 387
    SHARES

    काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।



    शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।



    कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

    नेपालको टीममा लोकेश बम, सागर ढकाल, आकाश चन्द र आरिफ शेखले अवसर पाएका छन् । भने सोमपाल कामी टीममा फर्किएका छन् ।

    पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार