Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रोमालाई हराउँदै लेभरकुजेन युरोपा लिगको फाइनलमा प्रवेश

    रोमालाई हराउँदै लेभरकुजेन युरोपा लिगको फाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 426
    SHARES

    एजेन्सी । जर्मन च्याम्पियन बायर लेभरकुजेन युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग २-२ गोलको बराबरी खेलेको लेभरकुजेन समग्रमा ४-२ गोलले अगाडि रहेको हो । पहिलो लेगमा लेभरकुजेन २-० गोलले विजयी भएको थियो।



    अपराजित रहँदै युरोपा लिगको फाइनलमा पुगेसँगै पोर्चुगिज क्लब बेन्फिकाको नाममा रहेको ४८ खेलको अपराजित कीर्तिमान समेत भङ्ग गरेको छ।



    अब उपाधिका लागि उसले अर्को इटालियन क्लब एटलान्टासँग भिड्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार