Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • युरोपा लिगको उपाधिका लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

    युरोपा लिगको उपाधिका लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । जर्मन क्लब आरबी लाइप्जिगलाई हराउँदै रेन्जर्स युरोपा लिगको फाइनलमा पुगेको छ ।

    आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा रेन्जर्सले जर्मन क्लब आरबी लाइप्जिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।



    रेन्जर्स पहिलो लेगमा १–० ले पराजित भएपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा समग्रमा ३–२ को जित निकाल्दै फाइनल पुगेको हो।



    घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे। लाइप्जिगका क्रिस्टोफोर एनकुकुले एक गोल फर्काए। अब रेन्जर्स र फ्रान्कफुर्टले उपाधिका लागि स्पेनमा १८ मेको राति प्रतिस्पर्धा गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार