Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सेभियाका गोलकिपरमाथि समर्थकको आक्रमण

    सेभियाका गोलकिपरमाथि समर्थकको आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 441
    SHARES

    एजेन्सी । युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका छन् ।

    पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा दुई गोल फर्काएपनि पीएसभीको संकट टरेन ।



    ३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर पन्च हाने । सर्बियाली किपरले कुस्ती नै लड्नुपरेको थियो । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए ।



    सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डिमिट्रोभिचले फुटबलमा यस्तो घटना राम्रो नभएको खेलपछि दी एथ्लेटिकसँग बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार