Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सेभियाले जित्यो सातौं पटक युरोपा लिगको उपाधि

    सेभियाले जित्यो सातौं पटक युरोपा लिगको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1K
    SHARES

    एजेन्सी । सेभियाले कीर्तिमानी रच्दै सातौं पल्ट युरोपा लिगको उपाधि जितेको छ ।

    उसले बुधबार पुस्कास एरेनामा भएको फाइनलमा एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको हो । स्पेनी टिमका लागि गोन्जालो मोन्टिएलले पेनाल्टीबाट निर्णायक गोल गरे ।



    मोन्टिएलले कतार विश्वकप फाइनलमा पनि अर्जेन्टिनाका लागि पेनाल्टीमा विजयी गोल गरेका थिए । निर्धारित समयको खेल भने १–१ को बराबरीमा रहेको थियो । रोमाका लागि रोजर इबानेज र जियानलुका मानचिनी पेनाल्टीमा गोल गर्न चुके ।



    योजितसँगै सेभियाले सबैभन्दा बढी ७ पटक युरोपा लिगको उपाधि जितेको छ।​ सेभियाले यसअघि २००६, २००७, २०१४, २०१५, २०१६, २०२० मा युरोपा लिग जितेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार