Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आईपीएल : राजस्थान रोयल्सको आठौँ जित, पुग्यो प्लेअफ नजिक

    आईपीएल : राजस्थान रोयल्सको आठौँ जित, पुग्यो प्लेअफ नजिक

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 513
    SHARES

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले आठौँ जित निकालेको छ । राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो ।

    अहिलेसम्म राजस्थान एक खेलमा मात्रै पराजित भएको छ ।



    टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।



    जितपछि राजस्थानले ९ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ भने लखनऊ ९ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा छ । आइपीएल अन्तर्गत आज २ खेल हुने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार