Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पञ्जाब किंग्सविरुद्ध आरसीबीको सहज जित, प्लेअफको सम्भावना कायमै

    पञ्जाब किंग्सविरुद्ध आरसीबीको सहज जित, प्लेअफको सम्भावना कायमै

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 885
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई हराएको छ ।

    बिहीबार राति धर्मशालामा भएको खेलमा आरसीबीले पञ्जाबलाई ६० रनले पराजित गरेको हो । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ ।



    टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । जितका लागि दुई सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा एक ८१ रनमा समेटियो ।



    अङ्क तालिकामा १२ खेलमा १० अङ्कसहित बेंगलुरु सातौँ स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार