Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वेस्ट इन्डिज ‘ए’सँग आज दोस्रो खेल खेल्दै नेपाल

    वेस्ट इन्डिज ‘ए’सँग आज दोस्रो खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 828
    SHARES

    काठमाडौँ । नेपाल आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ ।

    खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।



    नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो ।



    आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि सो अभ्यास खेल खेल्न लागिएको बताइएको छ ।

    आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार