Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • त्रिदेशीय टी–२० श्रृंखला : आज नामिबियासँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

    त्रिदेशीय टी–२० श्रृंखला : आज नामिबियासँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 597
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नामिबिया खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।

    त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । नेपाल र नामिबियाबीच आज दोस्रो खेल हुन लागेको हो ।



    यसअघिको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । हिजोको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको थियो ।



    अस्तिको खेलमा नेपाल नेदरल्यान्ड्सँग दुई रनले हारेको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ ।

    २ वटै खेल हारेको नेपाल पुछारमा छ । घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार