Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सभामुख घिमिरे र प्रमुख सचेतकबीच जुटेन सहमति, कांग्रेसको अडान कायमै

    सभामुख घिमिरे र प्रमुख सचेतकबीच जुटेन सहमति, कांग्रेसको अडान कायमै

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 294
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि दुई चरणमा गरेको छलफलमा सहमति विहीन भएको छ ।

    शुक्रबार दिउँसो नयाँ बानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दा कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि छलफल सहमति विहीन बनेको हो ।



    बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ ।



    कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

    आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए।

    सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार