Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • टी-२० शृङखला : आज वेस्ट इण्डिज ‘ए’विरुद्ध भिड्दै नेपाल

    टी-२० शृङखला : आज वेस्ट इण्डिज ‘ए’विरुद्ध भिड्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 525
    SHARES

    काठमाडौं । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदैछ ।

    पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो सवा १२ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुन लागेको हो । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।



    आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरूप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।



    नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

    घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार