Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 351
    SHARES

    फाइल तस्विर

    भक्तपुर । भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

    मंगलबार साँझ सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं. को बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्य भएको हो।



    मृत्यु हुनेमा गोरखा पालुनटार नगरपालिका‐२ घर भई हाल सूनपा‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।



    दुर्घटनामा गम्भीर घाइते बयलकोटलाई उपचारका लागि डा ईवामुरा अस्पताल भक्तपुर लगे पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल लगिएको थियो।

    उनको उपचारकै क्रममा मंगलबार बेलुकी मृत्यु भएको प्रनाउ कार्कीले जानकारी दिए।

    प्रहरीले ठक्कर दिने गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका‐१६ बस्ने २३ वर्षीय सागर माझीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार