Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटकले गर्‍यो अमेरिकी कानुनविरुद्ध मुद्दा दायर

    टिकटकले गर्‍यो अमेरिकी कानुनविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 270
    SHARES

    एजेन्सी । टिकटकले मंगलबार एक अमेरिकी अदालतमा मुद्दा दर्ता गरेको छ ।

    हालै अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै टिकटकले अमेरिकी अदालतमा मुद्दा दर्ता गरेको हो ।



    अमेरिकाले हालै टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने नत्र अमेरिकामा बन्द गरिने कानुन ल्याएको थियो ।



    सो कम्पनीले दायर गरेको मुद्दामा अमेरिकी नयाँ कानुन स्वतन्त्र अभिव्यक्तिमाथिको असाधारण घुसपैठ भएको र यसका प्रयोगकर्ता १७० मिलियन अमेरिकीलाई पनि असर गरेको जनाएको छ ।

    टिकटकले आफ्नो व्यापार प्रष्ट भएको र सरकारले निजी रूपमा सिर्जना गरिएको स्पीच फोरमको स्वामित्वको बारेमा हुकुम जारी गर्न नसक्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार