Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टिकटकका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने–नियमनमा आए प्रतिबन्ध हट्नसक्छ

    टिकटकका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने–नियमनमा आए प्रतिबन्ध हट्नसक्छ

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 681
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् ।

    टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीका क्रममा प्रधानमन्त्री दाहालले प्रतिवन्ध हट्नसक्ने संकेत गरेको उनका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जनाएका छन् ।



    रायमाझिले भने–‘टिकटकका उच्च अधिकारीसँग प्रधानमन्त्रीको अनौपचारिक कुराकानी भएको छ । टिकटक नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने देखिन्छ ।’



    यद्यपी प्रधानमन्त्री दाहालले टिकटकमा नेपाली भाषा बुझ्ने संयन्त्र पनि बनाउन आग्रह गरेको रायमाझीले बताए ।

    उनले भने–‘टिकटकका दक्षिण एसिया प्रमुख फेर्दोस मोत्ताकिनसँगको अनौपचारिक कुराकानीमा उहाँले नेपाल सरकारसँग सहकार्य गर्न तयार भएको र टिकटकमा नेपाली भाषा बुझ्ने संयन्त्र पनि बनाउने बताउनुभएको छ । यस्तो हो भने त प्रविधिमाथि नियन्त्रण गर्न हामी पनि चाहँदैनौं ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार