Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सोधपुछका लागि साइबर प्रहरीले बोलायो तमन्नालाई

    सोधपुछका लागि साइबर प्रहरीले बोलायो तमन्नालाई

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 366
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलाएको छ ।

    फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा साइबर सेलले भाटियालाई सोधपुछका लागि बोलाएको हो । उनलाई अप्रिल २९ मा महाराष्ट्र साइबरमा उपस्थित हुन भनिएको छ।



    सन् २०२३ मा फेयरप्ले एपमा आईपीएलको अवैध स्ट्रिमिङको मामिलामा सोधपुछका लागि उनलाई बोलाइएको बताईएको छ। अवैध स्ट्रिमिङको मामलामा भायकमले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो ।



    प्रहरीले अहिले अभिनेत्री भाटियालाई सोधपुछका लागि बोलाएको छ । यसअघि पनि यो विषयमा धेरै कलाकारलाई सोधपुछका लागि बोलाइएको थियो ।

    प्रहरीले अवैध स्ट्रिमिङको बारेमा यी कलाकारलाई पहिले नै जानकारी थियो कि थिएन भनेर पत्ता लगाउन कोसिस गरिरहेको छ । यसअघि अभिनेता सञ्जय दत्तलाई पनि सोधपुछमा बोलाइएको थियो तर उनी उपस्थित भएनन् ।

    यसका लागि उनले आफ्नो बयान रेकर्ड गर्न नयाँ मिति र समय मागेका छन् । किनभने जुन मितिमा सञ्जय दत्तलाई महाराष्ट्र साइबर पुलिसले बोलाएको थियो, उनी भारतमा थिएनन् ।

    फ्येरप्ले एक अनलाइन खेल पुस्तक प्लाटफर्म हो । खेललाई यो प्लाटफर्ममा अवैधरुपमा स्ट्रिम गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार