Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुरको एक टहरोमा आगलागी हुँदा ५ जना घाइते

    ललितपुरको एक टहरोमा आगलागी हुँदा ५ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 282
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा आगलागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएका छन् ।

    मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएका हुन् ।



    घाइते हुनेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन्।



    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    किस्ट हस्पिटल नजिकै पर्ने स्थानीय बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको थियो ।

    प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार