Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • जुवा खेलिरहेका १३ जना ग्वार्कोबाट पक्राउ

    जुवा खेलिरहेका १३ जना ग्वार्कोबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 444
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् ।

    ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।



    जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।



    जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार