Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माधवजीको असन्तुष्टि समीकरण छाड्ने तहको होइन : प्रधानमन्त्री प्रचण्ड

    माधवजीको असन्तुष्टि समीकरण छाड्ने तहको होइन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 390
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले सत्ता समीकरण भत्काउन प्रयास गरे पनि सम्भव नभएको बताएका छन् ।

    संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले समीकरणमा ठूलो अपेक्षाको कारणले केही असन्तुष्टि रहेको बताएका हुन्।



    उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पछिल्लो असन्तुष्टिलाई लक्षित गर्दै भने, ‘समीकरणभित्र पनि केही असन्तुष्टि र अपेक्षाहरु छन् । तर, त्यो अपेक्षाहरुकै कारणले सरकारबाट बाहिरिने तहमा पुगेको देखिँदैन ।’



    प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षमा रहेका राजनीतिक दलहरूभित्र देखिएका अन्तरविरोध भने गम्भीर प्रकारका रहेको बताए ।

    सत्तारुढ दलहरूमा एमाले र एकीकृत समाजवादीबीच अन्तरविरोध जारी रहेको बेला प्रचण्डको यस्तो भनाइ आएको हो ।

    समीकरणमा देखिएको समस्या कुनै न कुनै विन्दुबाट हल गर्नेबारे छलफल भइरहेको उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षमा जाने बित्तिकै सत्ता समीकरण भत्काउनका लागि विभिन्न चलखेल गर्ने परम्परा बसेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार