Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘यातायातको कर्मचारी हुँ’ भन्दै ठगी गर्ने राजु परियार पक्राउ

    ‘यातायातको कर्मचारी हुँ’ भन्दै ठगी गर्ने राजु परियार पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 327
    SHARES

    काठमाडौं । यातायातको कर्मचारी हुँ भनेर ठगेको आरोपमा ललितपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२ बस्ने वर्ष ३५ वर्षीय राजु परियार छन् ।



    यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट गाडीको लाइसेन्स बनाइदिन्छु भनेर परियारले रकम असुल्ने गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    परियारविरुद्ध ५ जनाले सामूहिक जाहेरी दिएका थिए।

    सवारी चालक अनुमति पत्र बनाइदिन्छु भनेर आरोपीले १० हजार देखी २५ हजार सम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार