Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बसबाट खसेर चार वर्षीया बालिकाको मृत्यु

    बसबाट खसेर चार वर्षीया बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 558
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको गोदावरीमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

    बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका वडा नम्बर १० टाखेलमा यात्रुवाहक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको हो ।



    बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा महांकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङकी ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन्।



    दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार