Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

    ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

    महालक्ष्मी नगरपालिका-६ सानोगाउँमा बा३ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय सुहायाङ राईको मृत्यु भएको हो ।



    मृतक राई स्कुटर चालक रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो।

    उनलाई साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृतक राई महालक्ष्मी नगरपालिका, शंखादेवीबाट बालकुमारीस्थित माइलस्टोन कलेज जाँदै गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार