Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शाहिद कपुरको सिरिज ‘फर्जी २’ को टिजर सार्वजनिक

    शाहिद कपुरको सिरिज ‘फर्जी २’ को टिजर सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 336
    SHARES

    एजेन्सी । अभिनेता शाहिद कपुरको वेबसिरिज ‘फर्जी २’को टिजर सार्वजनिक भएको छ ।

    शाहिदले वेबसिरिज ‘फर्जी’मार्फत ओटीटी प्लेटफर्ममा डेब्यु गरेका थिए । यो पूर्णतया क्राइम थ्रिलर सिरिज थियो, जसलाई दर्शकले मन पराएका थिए ।



    सिरिजको दोस्रो श्रृंखला ‘फर्जी २’ अमेजन प्राइम भिडियोमा छिट्टै रिलिज हुँदैछ । सिक्वेललाई लिएर दर्शक निकै उत्साहित छन् ।



    यसको पहिलो सिजन सुपरहिट सावित भएको थियो । ‘फर्जी २’ छिट्टै ओटीटीमा रिलिज हुँदैछ । शाहिदले केही समय अगाडि फर्जीको सिक्वेल आउने कुरा पुष्टि गरेका थिए ।

    त्यतिबेला उनले वेब सिरिजको रिलिज मिति भने खुलाएका थिएनन् । ‘फर्जी २’ यस वर्षको अन्त्यमा वा सन् २०२५ को सुरुमा रिलिज हुनेछ ।

    निर्माताले सिरिजसँग सम्बन्धित भिडियो सेयर गर्दै लेखेका छन्, ‘नक्कली सन्नी नयाँ योजनाका साथ फेरि फर्किदैछन् ।’

    सिरिजमा शाहिद र राशि खन्नाको दमदार अभिनयलाई दर्शकले मन पराएका छन् ।

    ‘फर्जी’मा साउथ सुपरस्टार विजय सेतुपति र शाहिद कपुरको अभिनयले दर्शकको मन जित्यो । यो सिरिजमा विजयले प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार