Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अनु थिङसँग विवाह बन्धनमा बाँधिए बुद्धि तामाङ

    अनु थिङसँग विवाह बन्धनमा बाँधिए बुद्धि तामाङ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । अभिनेता बुद्धि तामाङले विवाह गरेका छन्। उनले मकवानपुरकी अनु थिङ तामाङसँग मागी विवाह गरेका हुन्।

    उनीहरूको आज तामाङ परम्पराअनुसार विवाह भएको हो। कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले जारी छ ।



    ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्। विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ ।



    अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्।

    बुद्धि नेपाली सिने क्षेत्रमा ‘हैट’ नामले चर्चित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार