Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अभिनेता प्रकाश राजले गरे दोस्रोपटक विवाह, श्रीमतीलाई चुम्बन गरेको तस्वीर भाइरल (तस्वीरहरु)

    अभिनेता प्रकाश राजले गरे दोस्रोपटक विवाह, श्रीमतीलाई चुम्बन गरेको तस्वीर भाइरल (तस्वीरहरु)

    अनलाइन नेपाल
  • बुधबार, ९ भाद्र २०७८
  • 1.8K
    SHARES

    एजेन्सी – साउथ फिल्मका पुराना अभिनेता अभिनेता प्रकाश राजले दोस्रोपटक विवाह गरेका छन्। उनले श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका हुन्।

    अगस्ट २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो। सो अवसरमा उनीहरुले फेरि विवाह गरेका हुन्। उनीहरुको विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।



    प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोराछोरीको अगाडि फेरि विवाह गरेका हुन्। अहिले प्रकाशराजले परिवारसँगको धेरै तस्वीरहरु समेत बाहिर ल्याएका छन्। प्रकाश राजले श्रीमतीलाई चुम्बन गरिरहेको तस्बिर समेत सार्वजनिक गरेका छन्। जुन फ्यानले मन पराएका छन्। प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन्।



    ‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे।’  यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो। मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन्। एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद।’

     

     

     

     

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार