Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय अभिनेता दिलीप कुमारको निधन

    भारतीय अभिनेता दिलीप कुमारको निधन

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ । उनको आज बिहान ९८ वर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो ।

    दिलीप कुमारको जन्म सन् १९२२ डिसेम्बर ११ मा पाकिस्तानको पेशावरमा भएको हो । उनको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । दिलीप कुमारले २२ वर्षको उमेरमा भारतीय चलचित्रमा अभिनय थालेका थिए । उनले सन् १९४४ मा फिल्म ‘ज्वार भाटा’बाट अभिनय थालेका थिए ।



    दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मालगायत फिल्म उनका चर्चित छन् । उनको अन्तिम फिल्म किला सन् १९९८ मा सार्वजनिक भएको थियो ।



    दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । उनी सबैभन्दा धेरै अवार्ड जित्ने कलाकार हुन् ।

    दिलीप कुमार सन् १९९१ मा पद्म भूषण, सन् २०१५ मा पद्म विभूषण तथा सन् १९९४ मा दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएका थिए । उनी सन् २००० देखि २००६ सम्म उनी राज्यसभामा सदस्य रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार