Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गायक योगेश वैद्यको निधन

    गायक योगेश वैद्यको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 552
    SHARES

    काठमाडौं । गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति साढे १२ बजेतिर उनको निधन भएको हो ।

    बेलुकी स्वास्थ्यमा समस्या आएपछि उनलाई सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लगिएको थियो ।



    त्यहीँ उनको निधन भएको हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए।



    उनका ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, ‘आखैँमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ नेपाल मेरो तिमीलाई लगायतका गीत चर्चित छन् ।

    उनी नेपाल भाषाका पनि थुप्रै गीत गाएका थिए। पशुपति आर्यघाट शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार