Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बुटवल उपमहानगरका पूर्व उपप्रमुख खनालको निधन

    बुटवल उपमहानगरका पूर्व उपप्रमुख खनालको निधन

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 771
    SHARES

    रुपन्देही । बुटवल उपमहानगरपालिकाका पूर्व उप प्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ।

    नेपाली कांग्रेस बुटवलको लामो समयसम्म सभापति रहेका ८३ वर्षीय खनालको उपचारको क्रममा तिनाउ अस्पतालमा गए राती निधन भएको हो ।



    अस्वस्थ भएपछि अस्पताल भर्ना भएका खनालको असार १३ गते प्रोष्टेटको अपरेसन गरिएको थियो।



    खनाल २०४६ को जनआन्दोलनपछि भएको बुटवल उपमहानगरपालिकाको निर्वाचन २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार