Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

    सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 693
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको छ ।

    उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।



    अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।



    तर, आज पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । निरौलाले यसअघि यो मुद्दामा सुनुवाइ गरेर झगडिया झिकाउने आदेश गरेका थिए ।

    अघिल्ला क्रमका मुद्दाहरू हेरेर सन्दीपको मुद्दा छाडी इजलास अगाडि बढेको छ ।

    बलात्कार अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन् ।

    अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार