Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु

    मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 456
    SHARES

    एजेन्सी। मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स(सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ।

    यस हमलामा सीआरपीएफका दुई जवान पनि घाइते भएका छन्।शनिबार बिहान करिब १ बजे मोइराङ प्रहरी चौकी क्षेत्रको मेइतीबहुल नारायणसेना गाउँमा उक्त हमला भएको हो ।



    आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए। आक्रमणको क्रममा सीआरपीएफ बटालियनको पोस्टमा बम विस्फोट भएको थियो जसमा दुई सैनिकको मृत्यु भयो भने दुई जना घाइते भए।



    प्रहरीले मारिएका सीआरपीएफ जवानहरूको पहिचान सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरुप सैनीको रूपमा गरेको छ।

    यसअघि २४ अप्रिलमा राष्ट्रिय राजमार्ग-२ (इम्फालदेखि दिमापुर) मा एउटा बम विस्फोट भएको थियो जसमा एउटा पुलमा क्षति पुगेको थियो।

    मणिपुरमा गत वर्ष मे महिनामा सुरु भएको मेइती र कुकी जनजातिबिचको जातीय हिंसामा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी घरबारविहीन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार