Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मणिपुर हिंसाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन

    मणिपुर हिंसाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 582
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको मणिपुर घटेको हिंसाको छानबिन गर्न आयोग गठन भएको छ ।

    उत्तरपूर्वी राज्य मणिपुरमा गत महिना भएको जातीय हिंसाको छानबिन गर्न भारतको संघिय सरकारले तीन सदस्यीय समिति गठन गरेको हो ।



    आयोगको अध्यक्षता गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाले गर्नेछन्। भारत सरकारले मणिपुर राज्यमा मे ३ र त्यसपछिका हिंसात्मक घटनाहरूको छानबिन गर्न कमिसन अफ इन्क्वायरी एक्ट अन्तर्गत जाँच आयोगलाई भनेको छ ।



    आयोगले आफ्नो पहिलो बैठक बसेको मितिले ६ महिनाभित्र यथाशीघ्र केन्द्रीय (संघीय) सरकारलाई प्रतिवेदन बुझाउने त्यहाँको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार